घाँटी रेटेर हत्या गरिएका कैलालीका अर्जुन दासको परिवारलाई सांसद रावलको आर्थिक सहयोग
धनगढी: प्रतिनिधिसभा सदस्य झपट रावलले कैलालीमा हत्या गरिएका अर्जुन दासको परिवारलाई आर्थिक सहयोग गरेका छन्। जिल्लाको जानकी गाउँपालिका-९ का दासको गत वर्ष पुस ३ गते घाँटी रेटेर हत्या गरिएको थियो। उनको परिवारलाई सांसद रावलले ५० हजार रकम सहयोग गरेका हुन्।
रावलले २० वर्षपछि ५ लाख पाउने गरी व्यवस्था गरेका बताइएको छ। प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रावलले आफ्नो व्यक्तिगत रकम उपलब्ध गराएको जनाइएको छ। मृतका दासकी श्रीमती र एक छोरी छिन्।