सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाबाट अढाई किलो चरेससहित युवक समातिए

२०७९ भदौ २१, ०६:२५ खबर संवाददाता

धनगढी: कैलालीमा अढाई किलो चरेशसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–३  अत्तरियास्थित महेन्द्रनगर रोडबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने ३० वर्षीय प्रकाश मण्डल पक्राउ परेका हुन्। 

बझाङको छविसपाथीभेरा घर भएका मण्डललाई क्षेत्रीय अनुसन्धान ब्यूरो सुदूरपश्चिम(आरआइटी)को टोलीले समातेको हो। उनलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ। मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस