सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा युवकलाई कुटपिट प्रकरण : प्रहरीमाथि छानबिन

२०७९ भदौ २०, ११:०६ खबर संवाददाता

धनगढी: धनगढी विमानस्थलमा सुरक्षा निकायको कार्य कक्षभित्र लगेर यात्रुलाई कुट्ने प्रहरी हवल्दारमाथि अनुसन्धान थालिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी हवल्दार कृष्ण पाण्डेमाथि अनुसन्धान थालेको हो।

उनलाई एयरपोर्ट पोस्टबाट जिल्ला प्रहरी कार्यालय झिकाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीको नेतृत्वमा एक अनुसन्धान समिति बनाइएको बताइएको छ। पाण्डेलाई छानबिनका लागी जिल्ला झिकाइएको हो।

शनिबार कञ्चनपुरको बेल्डाँडी घर भएका नरेश गिरीलाई विमानस्थलको सुरक्षा पोस्टभित्रै लगेर हवल्दार पाण्डेले हातपात गरेका थिए। गिरीको आँखामा चोट लागेर सुन्निएको थियो। आफूलाईं पाण्डेको समूहले कुटपिट गरेको गिरीले आरोप लगाएका थिए। 
 

कमेन्ट लोड गर्नुस