सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी कलेज अफ इन्फर्मेसन टेक्नोलोजीको कार्यालयमा तालाबन्दी 

२०७९ भदौ २०, ०४:०७ खबर संवाददाता

धनगढीः धनगढी कलेज अफ इन्फर्मेसन टेक्नोलोजीको कार्यालयमा तालाबन्दी गरिएको छ। सोमबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालयमा तालाबन्दी गरेको हो। 

विद्यार्थीको भविष्यमाथि खेलबाड गरेकोले ताला लगाइएको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले बताए। उनका अनुसार त्यहाँ अध्यनरत २२ जना विद्यार्थीबाट उद्यम विकास सहजकर्ता कार्यक्रम (एक वर्षे कोर्ष) अध्ययन गराउन ८७ हजार ५ सय शुल्क तिराएको थियो। तर, शुल्क मात्र लिएर अहिलेसम्म परीक्षा नलिएको उनले बताए।

सो कलेजले २०७६ भदौमा भर्ना भएका विद्यार्थीको एक वर्षे कोर्ष पूरा भइसक्दा पनि परीक्षा गरेको छैन। कलेजले छोटो अवधिको तालिम सञ्चालन गर्न सिटिइभिटीबाट अनुमति लिएको थियो। इडिएफ अर्थात उद्यम विकास सहजकार्ता पढाउने भन्दै १५ सय घण्टाको अनुमति लिएको सो कलेजले दुई समूहलाई पास आउट गरेको दाबी गर्दै आएको तर तेस्रो समूहको परीक्षा गराउन नसकेको जनाएको छ।

कमेन्ट लोड गर्नुस