उग्रतारा ट्रेडिङकी सञ्चालक पाण्डेयले सडक विस्तार योजनामा सहयोग गर्ने
धनगढी: धनगढीको मुख्य सडक कैलाली पुलमा घर भएकी उग्रतारा ट्रेडिङकी सञ्चालक सरला पाण्डेयले उपमहानगरपालिकाको सडक विस्तार योजनामा भौतिक संरचना आफै हटाएर सहयोग गर्ने बताएकी छिन्।
पाण्डेयले सडक चौडा बनाउनु अहिलेको आवश्यकता भएकाले सडक क्षेत्रभित्र पर्ने जग्गा खाली गर्न तयार रहेको बताएकी हुन्। उनले धनगढीलाई आधुनिक र सुन्दर सहर बनाउन सडक निर्माणको बाधक नबन्ने भन्दै उपमहानगरपालिकाले भनेको समयमा संरचना हटाउने प्रतिवद्धता जनाएकी हुन्।