सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राष्ट्रिय युवा संघद्वारा मूल्य वृद्धिविरुद्ध प्रदर्शन

२०७९ भदौ १८, ०८:२१ खबर संवाददाता

धनगढी: राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगरपालिका कमिटीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ। शुक्रबार साँझ संघका धनगढी नगर कमिटी संयोजक अभिषेक नाथ (लोक)को नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो।

उनीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेजीको माग गर्दै धनगढीस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै डिजेल र मट्टितेलको प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरिएको थियो। 

कमेन्ट लोड गर्नुस