मुख्य सडक चौडा बने मात्रै धनगढीको विकास सम्भव छः व्यवसायी चुवाई
धनगढीः धनगढीको मुख्य सडक चौडा बनाउने धनगढी उपमहानगरपालिकाको योजनामा सबैले सहयोग गर्नुपर्ने चुवाई पुस्तक भण्डारका सञ्चालक वेदप्रकाश चुवाईले बताएका छन्। २०३६ मा धनगढीको मुख्य सडकको चौडाइ ३० मिटर रहेकोले अहिले ३० मिटर सडज बनाउने योजना सही भएको उनले बताए।
‘२०३६ सालमा धनगढीको मुख्य सडकको चौडाइ ३० मिटर कायम थियो,’ उनले भने, ‘यो भन्दा अगाडिका शासकहरूले सडकको क्षेत्राधिकार साँघुरो बनाउँदा अहिलेसम्म सडक विस्तार हुन सकेन। विगतमा शासकले ध्यान दिएको भए सडक साँघुरो हुन्थेन। अब स्वतन्त्र मेयर हमालले काम गर्न चाहेका छ्न्, धनगढीको विकासका लागि उनलाई काम गर्न सहयोग गर्नुपर्छ।’
बाटो चौडा नबन्दासम्म धनगढीको समग्र विकास सम्भव नभएकाले सडक क्षेत्रभित्र पर्ने भौतिक संरचना हटाउन आफू तयार भएको चुवाईको भनाइ छ।