सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालामा १०८ दानाको महत्व के हो ?

२०७९ भदौ १७, ०१:५१ खबर संवाददाता

-ज्योतिषी भगवान कलौनी

ज्योतिषी शास्त्रका अनुसार ब्रहमाण्डलाई १२ भागमा विभाजन गरिएको छ। यी १२ भागको नाम मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, मीन हो। यिनी १२ राशिमा ९ ग्रह सूर्य, चन्द्र, मंगल, बुध, गुरु, शुक्र, शनि,राहु र केतु भ्रमण वा विचरण गर्दछन्। 

ग्रहको संख्या मा ९ को गुणन १२ राशि संग गरियो भने संख्या १०८ हुन्छ। मालाको दानाको संख्या १०८ सम्पुर्ण ब्रहमाण्डको प्रतिनिधित्व गर्दछ। ऋषिहरुले माला मा १०८ दाना राख्ने कारण ज्योतिष शास्त्र अनुसार वर्णन गरेको पाइन्छ। 

ज्योतिषी शास्त्रको अनुसार कुल २७ नक्षत्र छन्। ती सबै नक्षत्रहरू ४ चरणको हुन्छन्। कुल २७ नक्षत्रहरुको चरण १०८ हुन्छ। मालाको १ दाना नक्षत्रको एक चरणको प्रतिनिधित्व गर्दछ। हर, कोई व्यक्ति मालाको सहायताले मन्त्र जाप गर्दछ भने त्यसको मनोकामना छिटो नै पूर्ण हुन्छ। मालासँगै गरेको जाप पुण्य प्रदान गर्दछ।

निर्धारित संख्याको अधारमा गरेको जप उत्तम मानिन्छ। त्यसैले मालाको उपयोग हाम्रो बैदिक सनातन धर्ममा गरेको पाइन्छ। जो व्यक्ति १०८ दानाको मालाले मन्त्र जप गर्छ उसलाई अरूको तुलनामा बढी फाइदा हुन्छ। मन्त्र जाप गर्ने माला रुद्राक्ष, तुलसी, स्फटिक, मोती जस्ता चिज प्रयोग गरेर तयार पारेको हुन्छ। 

जुन चिज हाम्रो स्वास्थ्यको लागि लाभदायक र फाइदाजनक मानिन्छ। स्वास्थ्यमा सकारात्मक उर्जा, सकारात्मक सोच जोस जाँगर प्राप्त हुन्छ। किनकि यसलाई श्री भगवान शिवशंकरको प्रतिक मानिन्छ। रुद्राक्षमा कीटाणु नाश गर्ने शक्ति हुन्छ। त्यति मात्रै नभई रुद्राक्ष वातावरणमा भएको सकारात्मक उर्जा ग्रहण गरेर मानिसको शरीरमा पुर्याउछ। त्यसकारण जब मालाको प्रयोगले कुनै पनि मन्त्रको १०८ चोटी जाप गरिन्छ भने मानिसको शरिर ब्रह्माण्डभन्दा पनि साक्षात्कार हुन्छ। 

जसलाई थोरै मानिसहरूले थाहा पाए पनि धेरै जसो मानिसहरूले थाहा पाएको हुदैनन्। जसले यस्तो गर्छ त्यसको स्वास्थ्यमा निकै फाइदा गरेको पाइन्छ। 
किनकि १०८ को सम्पर्क सिधा सूर्य भगवानसँग हुन्छ। त्यसैले यो सँग जोडिएको हरेक कुरा स्वास्थ्यलाई लाभदायक हुन्छ। मालाको जाप १०८ चोटी गर्ने सही तरिका अपनाउनुपर्ने हुन्छ। हरेक मालामा सबै भन्दामाथि सुमेरु हुन्छ। जाप त्यहीबाट सुरु हुन्छ र त्यही खतम पनि हुन्छ। 

यसरी यो मालाले जाप गर्नुको कारण हामी ब्रह्माण्डको पूर्ण रुपमा नियम पालना गर्दछौं भन्ने बुझ्न सकिन्छ। संख्याहीन मन्त्र जाप गरे भने फल मिल्दैन। किनकि त्यो ब्रह्माण्डसँग जोडिएको हुदैंन। अब यसलाई हामी संयोगको रूपमा नै लिने गरौं किनकी स्वास्थ्य सेवाका लागि देशैभर हरेक ठाउँमा एम्बुलेन्सको नम्बर पनि १०८ हुन्छ जुन स्वास्थ्य र सुरक्षाको प्रतिक मानिन्छ।

लेखक कलौनी, पञ्चेश्वर गाउँपालिकाका हुन्। 

कमेन्ट लोड गर्नुस