सुदूरपश्चिम प्रदेशसभाबाट प्रदेश प्रहरी विधेयक पारित
धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश प्रहरी सम्बन्धमा गर्न बनेको विधेयक २०७८ पारित गरेको छ। आज बसेको प्रदेशसभा बैठकले उक्त विधेयक पारित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।
बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले प्रदेश प्रहरी सम्बन्धमा गर्न बनेको विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त विधेयक २०७८ असारमा प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो।