धनगढीका व्यवसायी चौधरीले सडक विस्तार गर्न आफैं घर भत्काउने
धनगढीः धनगढीका व्यवसायी सञ्जय चौधरीले धनगढीको मुख्य सडक विस्तार गर्न उपमहानगरपालिकालाई सहयोग गर्ने बताएका छन्। शुक्रबार धनगढी उपमहानगरपालिकालाई सडकको क्षेत्राधिकार छुट्याउन लगाएर भौतिक संरचना आफैं खाली गर्ने चौधरीले बताएका हुन्। सुन्दर, समृद्ध र विकसित सहरका लागि लाखौं लगानी गरेर भर्खरै निर्माण गरेको भवन भत्काउन तयार रहेको चौधरीले घोषणा गरेका हुन्।
'नयाँ बनाउँदा पूरानो संरचना भत्किन्छ नै उपमहानगरको सडक चौडा बनाउने अभियानमा हामीले सहयोग गर्नुपर्छ,' उनले भने, 'भविष्यमा राम्रो हुन्छ भनेर सडकका लागि सबैले उपमहानगरपालिकालाई सहयोग गर्नु भनेको धनगढीलाई सुदूरपश्चिमको सुन्दर र समुन्नत सहर बनाउनु हो भन्ने अर्थमा सडक विस्तारको योजनालाई बुझ्नुपर्छ।'
धनगढी उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्म करिव २ हजार ७ सय मिटर सडकलाई ३० मिटर बनाउन डिपिआर तयारको चरणमा रहेको छ। उपमहानगरको मुख्य सडकलाई चौडा बनाउने योजना रहेको छ।