सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको केआइसिंहमा ४ जना एकल महिला र जेष्ठ नागरिकले भत्ता नपाएपछि...

२०७९ भदौ १६, ०३:११ खबर संवाददाता

धनगढीः डोटीको केआइसिंह गाउँपालिकामा चार जना एकल महिला र जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन्। सरकारले गाउँपालिकामार्फत प्रदान गर्ने भत्ता पाउनका लागि आफूहरुको विवरण माग गरिएकोमा बुझाएपछि पनि भत्ता नपाइएको हो। 

उनीहरुले आफूले समयमै भत्ताका लागि विवरण बुझाएपनि त्यसबाट वञ्चित गराइएको दाबी गरेका छन्। तर, पालिकाको कार्यालयको पञ्जिकरण शाखाले भने कार्यालयमा विवरणको अभिलेख नभेटिएपछि छुटेको जनाएको छ।  

यसरी छुट्नेहरुमा केआइसिंह ४ की एकल महिला तुलि दमाई, भागा बोगटी, खेमादेवि कामी र केआईसिंह ५ का जेष्ठ नागरिक परमानन्द जैशी रहेका छन्। उनीहरुले फागुनमै सबै विवरण बुझाएका थिए। 

यता, गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले भने यसबारे जानकारी आएको र कर्मचारीको कमजोरीका कारण छुटेकोमा रकम उपलब्ध गराउने बताए। कर्मचारीको तलबबाटै काटेर भएपनि भत्ता दिइने उनले जनाए।


 

कमेन्ट लोड गर्नुस