सुदूरपश्चिम सरकारले पारित गरेको निजामति कर्मचारीसम्बन्धी विधेयक रोक्न माग
धनगढीः नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलालीले सुदूरपश्चिम सरकारले पारित गरेको निजामति कर्मचारीसम्बन्धी विधेयक रोक्न माग गरेको छ। एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरिएको हो।
नेकपा (बहुमत) कैलालीका संयोजक प्रकाश रावल र इन्चार्ज शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल कायम रहेको निजामति सेवा ऐन २०४९ को प्रावधानविपरीत सुदुरपश्चिम प्रदेश सरकारले अस्थायी र करार सेवाका कर्मचारीलाई स्थायी बनाउन खोजेको छ। उक्त प्रक्रियाका लागि ल्याएको विधेयकप्रती हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’
यस्तै उनीहरुले प्रदेशको सरकारले ल्याएको सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
रोक्न माग दगरेका छन्। आफ्ना कार्यकर्तालाई भर्ति गर्न यो विधेयक ल्याइएको उनीहरुको आरोप छ।
यस्तो छ संसोधित विधेयक
हेर्नुहोस् विज्ञप्ति