सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मोहना नदीमा बगिरहेको अवस्थामा महिलाको लास भेटियो 

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ १६, ०१:१० खबर संवाददाता

धनगढीः कैलालीमा एक महिलाको बेवारिसे शव फेला परेको छ। बिहीबार बिहान जिल्लाको भजनी नगरपालिका वडा नं ३ कुसुमघाट स्थित मोहना नदीमा अन्दाजी ७० वर्षकी महिलाको शव फेला परेको हो। 

प्रहरीका अनुसार बुटेदार, हरियो निलो रङको मेक्सी, निलो ब्लोज लगाएकी, छोटो फुलेको कपाल भएकी महिला मृत भेटिएकी हुन्। आज किहान मृत लास मोहना नदीमा बगिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

अहिले प्रहरीले घटनास्थलबाट शव लगेर टिकापुर अस्पतालमा राखिएको जनाएको छ। उनको पहिचान भने खुलेको छैन। 
 

कमेन्ट लोड गर्नुस