अछाममा एक युवक मृत फेला
२०७९ भदौ १५, ०७:३०
धनगढी: अछाममा एक युवक मृत फेला परेका छन्। मध्यपहाडी लोकमार्ग अन्तरगत विनायक बजार नजिकै पर्ने मुख्य सडकको नालीमा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-२ का २५ वर्षीय बमबहादुर शाही मृत फेला परेका प्रहरीले बताएको छ।
मंगलबार राति करिब ११ बजेतिरको समयमा उनी सडक किनारमा रहेको नालीमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस