सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराबाट प्रदेश सभामा उम्मेदवारी दिने पूर्वमेयर पाठकको घोषणा 

२०७९ भदौ १३, ११:२० खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाका पूर्व मेयर मोहनराज पाठकले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभा ‘ख’ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। 

सोमबार सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो पृष्ठभूमि, योगदान र पार्टीमा गरेको लगानीबारे लेखेका छन्। उनले आफू डडेल्धुराबाट प्रदेशसभा सदस्यका लागि योग्य उम्मेदवार भएकोले पार्टीले टिकट दिने विश्वास रहेको बताएका छन्। 

पाठक २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट अमरगढीको नगरप्रमुखमा निर्वाचित भएका थिए।    

 

 

कमेन्ट लोड गर्नुस