भीम रावल भेट्न एमाले अछामका शीर्ष नेता काठमाडौंमा
एकेन्द्र खत्री, काठमाडौं: नेकपा एमाले अछामका शीर्ष नेताहरू एमाले पूर्वउपाध्यक्ष भीम रावललाई भेट्न काठमाडौं आएका छन्। केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा पदाधिकारी र जिल्ला कमिटी सदस्य सहितको टोली रावललाई भेट्न काठमाडौं आएको हो।
केन्द्रीय सदस्य यज्ञ बोगटी, झपट बोहरा लगायत जिल्ला अध्यक्ष चन्द्र बोहरा, कृष्ण जैसी, कमल तिमिल्सैना, गोविन्द कुँवर, मीनबहादुर कुँवर, राम बहादुर बुढा, खगेन्द्र रोकाया, भरत साउँद, केशर साउँद, भीम जनाला, नरेन्द्र रोकाया, डिवी साउँद,आदर्श साउँद,नन्दसिंह कडायत लगायतका नेताहरूले आज शनिवार नेता रावललाई भेटेका छन्।
भेटमा उनीहरूले पार्टी बलियो बनाउनका लागि नेतृत्व लिइदिन नेता रावललाई आग्रह गरेका छन्। गठबन्धनले चुनौती दिइरहेका बेला पाटीलाई कसरी बलियो बनाउने भन्ने विषय लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको केन्द्रीय सदस्य झपट बोहराले जानकारी दिए। भेटमा नेता रावलले सङ्घ र प्रदेशसभा सदस्य चुनावमा पार्टीको जीत सुनिश्चित गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।