सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको वडा नम्बर १२ मा शुद्ध खानेपानीको समस्या

२०७५ फाल्गुन १९, ०४:०८ रोशन भट्ट

धनगढी उप–महानगरपालिकाको वडा नम्बर १२ लाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने योजना अलपत्र परेको छ। सबै नागरिकलालई शुद्ध खानेपानीको पहँुचमा पु¥याउने लक्ष्य सहित उप महानगरपालिकाले खानेपानीको योजना ल्याएको भएपनि योजना भने एक वर्षदेखि अलपत्र परेको हो। वडा नम्बर १२ का ६ ओटा गाउँलाई नै पु¥याउने गरी नगरपालिकाले वडा नम्बर १२ को डी गाउँमा बोरिङ राख्ने भनेको भएपनि अहिलेसम्म कुनै तयारी भएको छैन्। वडा नम्बर १२ कै मष्टा शान्ति टोलका स्थानीयलाई पनि शुद्ध खानेपानीको पहुँबाट निकै टाढा रहेका छन। स्थानीय, प्रदेश र संघको निर्वाचनका वेला सबैले खानेपानीको समस्य समाधान गर्ने बताएको भएपनि जिती सकेपछि कसैले पनि वास्ता नगरेको स्थानीयले बताएका छन। 

धनगढी उप–महानगरपालिकाले मष्ठाशान्ति टोल सहित वडा नम्बर १२ मा खानेपानीको पहुँच पु¥याउने भन्दै एक वर्ष अगाडी नै योजनाको सुरुवात गरेर सर्वे तथा वोरिङ राख्ने जग्गाको छनोट गरेको थियो। तर सर्वे गरेको एक वर्ष वितिसक्दा पनि अन्य कुनै काम हुन नसकेको सो क्षेत्रका स्थानीय हरिचन्द्र रोकायले बताए। स्थानीय तहहरुमा पनि स्थानीय सरकार आएको पनि झण्डै दुई वर्ष हुन लागेको छ। तर स्थानीय जनताले भने स्थानीय सरकार आएको कुनै अनुभुती नै गनै पाएका छैनन। वडा तथा टोलमा रहेका समस्याहरुको कुनै सुनुवाई भएको छैन भने स्थानीय जनताले सरोकारवालाहरुलाई पटक पटक आग्रह गर्दा पनि कसैले नसुनेको आरोप स्थानीयको रहने छ। 

चुनावताको वेला सबै राजनितिक दलका प्रतिनिधीहरुले टोलमा रहेका सबै समस्या समाधान गर्ने भनेको भएपनि टोलमा सामान्य खानेपानीको पहँुच समेत पुगेको छैन। स्थानीय नल्काको पानी पिउन बाध्य भएको विर्खबहादुर नेपालीले बताए। मष्टाशान्ती टोलको जमिनको बनोटका कारण नल्काबाट पनि सहजै पानी आउँदैन। स्थानीय जनताको सबै समस्या समाधान गर्ने वाचा सहित चुनाव जितेका स्थानीय जनप्रतिनिधिहरु पनि समस्या समाधान गर्नमा उदासिन देखीएका छन।  

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस