सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सडक खन्दाखन्दै पहिरो खसेपछि...

एक युवक घाइते

२०७९ भदौ ५, १२:५० खबर संवाददाता

दार्चुलाः दार्चुलामा सडक खन्ने क्रममा खसेको पहिरोमा परि एकजना घाइते भएका छन्। दार्चुला-टिङ्कर सडक अन्तर्गतको व्याँस गाउँपालिका-२ माल कोठेधार क्षेत्रमा आएको पहिरोले १८ वर्षीय वीजय पुन घाईते भएका हुन्। 

स्थानीयका अनुसार रुकुम जिल्ला आठबिसकोट नगरपालिकाका वीजय भाग्ने क्रममा घाइते भएका हुन्। शनिबार ४ बजेतिर सडकमा माथिबाट पहिरो खसेको थियो। 

घाइते पुनको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस