सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफन्तको सम्पर्कमा पुग्न सकेका छैनन् सुरज चौधरी, घरमा खबर गरिदिन आग्रह

२०८३ भदौ १२, ०३:१९ खबर संवाददाता

धनगढी: एक व्यक्ति भेटिएपछि उहाँका आफन्त तथा परिवारजनलाई खबर पुर्‍याइदिन आग्रह गरिएको छ।

भेटिएका व्यक्ति सुरज चौधरी रहेको र उहाँको स्थायी ठेगाना ठाकुरबाबा नगरपालिका–४, भुरीगाउँ रहेको बताइएको छ। हाल उनी मैथेली ब्यारेक, १ नम्बर गण, नुवाकोटमा रहेको जानकारी प्राप्त भएको छ।

चौधरी हाइड्रोपावरको सुरुङमा काम गर्ने गरेको बताइएको छ। तर, आफूले काम गर्ने हाइड्रोपावरको नाम भने उनलाई थाहा नभएको बताइएको छ। साथै, उनलाई कुनै पनि आफन्तको सम्पर्क नम्बरसमेत थाहा नभएको जनाइएको छ।

चौधरीलाई चिन्ने वा उनका आफन्त तथा परिवारजनबारे जानकारी हुने व्यक्तिले सम्बन्धित परिवारसम्म खबर पुर्‍याइदिन अनुरोध गरिएको छ।

कमेन्ट लोड गर्नुस