सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीले एक महिनाको तलब भोटेकोशी बाढीपीडितलाई दिने

२०८३ भदौ १२, ०३:४१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्ट र मन्त्रीहरूले आफ्नो एक महिनाको तलब रसुवाका बाढी प्रभावित नागरिकको सहयोगका लागि दिने भएका छन्।

शुक्रबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री भट्टसहित प्रदेश सरकारका मन्त्रीहरूको एक महिनाको तलब रसुवाका बाढी प्रभावित नागरिकलाई सहयोगस्वरूप उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले रसुवाका बाढी प्रभावितका लागि सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट दुई करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले उक्त निर्णय गरेको जनाइएको छ। मुख्यमन्त्री तथा मन्त्रीहरूको तलबबाट हुने सहयोगसँगै प्रदेश सरकारको दुई करोड रुपैयाँ सहयोगले बाढी प्रभावित क्षेत्रमा राहत कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस