डडेल्धुरामा ३ जना फरार प्रतिवादी पक्राउ
डडेल्धुराः डडेल्धुरामा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्। अमरगढी नगरपालिका वडा नम्बर ७ का १८ वर्षीय जनक बिक, वडा नम्बर २ का २० वर्षीय सुनिल भन्ने ललित जोशी र वडा नम्बर ५ का २२ वर्षीय सबिन भन्ने एल्सन लिम्बु पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार जिल्ला अदालतको आदेशअनुसार चोरी मुद्धाका तीनै जनालाई पक्राउ गरिएको हो। साउन ३१ गते पक्राउ परेका उनीहरुलाई बिहीबार कारबाहीका लागि अदालतमा बुझाइएको छ।