कञ्चनपुरमा नदीमा डुबेर बालकको मृत्यु
२०७९ साउन २९, ०५:०९
कञ्चनपुर: कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। बेदकोट नगरपालिका–४ बैतडास्थित चौधारा नदीमा नुहाउने क्रममा वडा नम्बर ३ शान्तिपुर बस्ने एकेन्द्र औजीका छोरा ४ वर्षीय अहान औजीेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस