सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेलिकप्टर दुर्घटनाः सबैको शव सुकेटार विमानस्थल ल्याईयो

२०७५ फाल्गुन १६, ०८:४७ खबर संवाददाता

ताप्लेजुङको सिस्नेभीरमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका सबैको शव घटनास्थलबाट सुकेटार विमानस्थल ल्याएको छ । नेपाली सेना सहितको टोलीले आज बिहानै घटनास्थलमा रहेका तीन जनाको शव सुकेटार विमानस्थल ल्याएको हो । सेनाको हेलिकप्टरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित चार जनाको शव बुधबार बेलुका नै सुकेटार विमानस्थल ल्याएको थियो ।

मौसम खराब भएका कारण बुधबार उद्धार गर्न नसिकिएका तीन शव आज बिहान सेनाको टोलीले हेलिकप्टर मार्फत विमानस्थलमा ल्याएको हो । सेनाको टोलीले तीन वटा शव हेलिकप्टरमा झुण्ड्याएर ल्याएको हो । रसीको सहारामा सेनाका दुई जना उद्धार कर्मी पनि झुण्डिएर आएका छन् । रसीको माथि सेनाका दुई उद्धारकर्मी तथा त्यो भन्दा तल शव राखिएको थियो । सातै शव अब काठमाडौँ पठाउने तयारी भएको छ ।

कमेन्ट लोड गर्नुस