सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा करिब २ महिनामा ९ हजार ८ सय बढी मतदाता थपिए 

२०७९ साउन २२, ०३:५० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा पछिल्लो करिब दुई महिनामा ९ हजार ८ सय २८ जना नयाँ मतदाता थपिएका छन्। जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा ती मतदाता थपिएका हुन्। 

असार र साउन महिनाको १९ गतेसम्म संकलन गरिएको मतदातानामावली अनुसार महिलाको संख्या ४ हजार ९ सय ६६ र पुरुष ४ हजार ८ सय ६२ रहेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए।  यसअघि जिल्लामा २ लाख ९५ हजार ३ सय ५४ जना मतदाता रहेका थिए। उक्त संख्यामा अब नयाँ थपिएर ३ लाख ५१ हजार ८२ मतदाता पुगेको उनले बताए।  


 

कमेन्ट लोड गर्नुस