सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेल र राज्य

२०७५ फाल्गुन १५, ०७:०६ खबर संवाददाता

तमाम किसिमका नकारात्मक समाचारहरुको चाङ्बाट खेलकुदसंग सम्बन्धित दुई वटा सकारात्मक समाचारहरु एकै पटक आएः पहिलो , धुमुर्स–सुन्तली पाउन्डेसनले चितवनको भरतपुरमा अन्तराष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशाला निर्माण गर्ने कुरा र दोस्रो, नेपालले यु ए ई माप्राप्त गरेको ऐतिहासिकउपलब्धी । यीदुबै खबरहरु म जस्ता हजारौं क्रिकेटप्रेमीका लागि साँच्चिकै उत्साहजनक थिए । भाषण बाजीलाई पर राख्ने हो भने राज्य खेल क्षेत्रबाट हजारौ माइल टाढा देखिन्छ । यसकै परिणाम स्वरुप दक्षिण एसियामा खेलकुद पूर्वाधारको सबैभन्दा खज्जाजनक र टिठ लाग्लो अवस्था कतै छ भने त्यो नेपालमा छ । सिंगो देशमा अन्तराष्ट्रिय स्तरको एउटा पनि रङ्गशाला नभएको दक्षिण एसियाको एउटा मात्र देश नेपालहो । दक्षिण एसियाका अरु देशको त कुरै नगरौ गृहयुद्दले थिल्थिलो बनेको आफगानिस्थान र सानो पहाडी राज्य भुटानले समेत खेलकुद पूर्वाधारमा  नेपाललाई उछिनिसके । गफमा खेलकुद विकासका लागि सबैथोक गर्छु भन्ने नेपाल सरकारले वास्तबिक धरातलमा सिन्को समेत भाँच्न सकेको छैन । उडन्ते र हावादारी गफ गरेर मात्रै खेलकुदको बिकास हुन्छ र भन्या ?

सरकारले नयाँ रङ्गशाल निर्माण गर्ला भनेर आसा गर्नुकल्पना भन्दा बाहिरको कुरा हो । उस्तै त पञ्चायतीकालमा दाताले बनाइदिएको एउटा मात्र रङ्गशाला दशरथङ्गशाला दुखद इतिहास बन्ने तयारीमा छ । भुइँचालोले खण्डहर बनेको रङ्गशाला सिस्नो र तितेपातीको जङ्गलबनिसक्दापनि राज्यकानमा तेलहालेर सुतेको छ । भएको रङ्गशाला समेत सामान्य मर्मत सम्भार गर्न नसक्नेहरुले गरेका उडन्ते गफ कसैले पत्याउँ छ ? नेपालको सिंगो खेल क्षेत्र राजनीतिको फोहर आहालमा डुबेर अचाक्लि दुर्गन्धित बन्नपुगेको छ । खेलको उन्नति, प्रगति अनि बिकासमा राज्यको ध्यान गएकै छैन । आफु सत्ता र शक्तिमा भएका बेला आफ्ना केही थान हनुमानहरुलाई शत्ताको स्वाद चखाउने माध्यम बनेको छ खेल क्षेत्र । दशकौंदेखि नेपाली खेलक्षेत्र राजनीतिक दलका कार्यकर्ताहरुको पजनी, थमौती अनि बर्खास्तीको अविच्छिन्न कुचक्रमा फसेको छ । राज्यको ध्यान खेलकुलको योजनावद्द बिकासमा भन्दापनि स्वार्थ सिद्धिका पटके कार्यहरुमा बढी अल्झिएको देखिन्छ । यहि राजनीतिक खिचातानीकै कारण क्रिकेटको आधिकारिक संस्था क्यान अस्तित्वमा छैन भने राखेप राजनीतिक भर्ती केन्द्र बन्न पुगेको छ । नेपाल ओलम्पिक कमिटिको आधिकारिकताको बिवाद लामो समय देखि अबिरल अनि अबिच्छिन्न छ । एन्फालाई जङ्गली साँडे जस्तो बनाइएको छ । खेल क्षेत्रलाई अराजकताको दलदलमा फसाएर खेलकुदको बिकासका लागि अहोरात्र खटेको नक्कली अभिनय गर्नेहरुले लाज मान्नु पर्ने होइन र ?

खेलकुदको विकासमा राज्यको नचाँसो छ न त लगानी नै । राखेप राजनीतिक भागबन्डा अनिदाउँपेचको अखडा बनेको दशकौ भयो । त्यहाँ सदस्य सचिवबनाएर खेलबिज्ञलाई लगिदैन । दलको झोले कार्यकर्तालाई पटकेरुपमालगेरआफु शत्तामा रहुन्जेल तलवभत्ता खुवाइन्छ । क्यानलाई आर्यघाटमा लगेर दाहसंस्कार गरिएको वर्षौ भयो। उताएन्फाझनएन्फा नै भयो ।त्यो कहिल्यै कसैको नियन्त्रणमा रहँदैन । नेपाल ओलम्पिक कमिटिहरु मध्य कुन आधिकारिक हो भनेर भोले नाथलाई समेत थाहा छैन । लगभग सबै खेल संस्थाहरुको हालत यस्तै छ । राजनीतिक अखडा बनेका खेलकुद निकायहरु कार्यक्रर्ता भर्ती केन्द्र बनेका छन् । कुनै दिन खेल प्रतिस्पर्धामा पठाईने खेलाडी समेत कोठामा पठाईए भने आश्चर्य नमाने हुन्छ ।  मौजुदा अवस्थामा ओलम्पिक खेलमा नेपालले पदक जित्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा हो  । एसियन खेलमा समेत पदकको आसा गर्नु आकासको फल आँखातरि मर भनेजस्तो भैसक्यो । यो खेलाडीको हार नभएर राज्यको खेलप्रतिको उदासीनता र उपेक्षाको हार हो । खेलाडीलाई कर्मकाण्डी पाराले अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराएर पदक जितिदैन । दक्षिण एसियामाकुनै दिन नेपाललाई खेलको पावर हाउस मानिन्थ्यो तर पछिल्लो समय नेपालको प्रतिस्पर्धी भुटानलाई मान्न थालिएको छ । कुनै दिन भुटानले नेपाललाई खेलकुदमा उछिन्यो भने अनौठो नमाने हुन्छ । अरु देशमा खेलकुदको उत्तरो उत्तर प्रगति भैरहेको छ भने नेपालको खेलकुदको यात्र अवन्नतितर्फ उन्मुख छ । 

खेल पर्यटन मात्र नभएर आधुनिक बिश्वमा कुनै पनि देशका लागि अन्तराष्ट्रिय पहिचान अनि प्रतिष्ठाको समेत बिषयहो ।बिश्वका कतिपय साना अनि निर्धन देशहरु समेत खेलकुदकै कारण विश्व रङ्गमञ्चमा छाएका छन् । कोष्टारिका, जिम्वाबे, जमैका, होन्डुरस, श्रीलंका, बङ्गलादेश जस्ता निर्धन देशहरू आज के कारणले विश्वमा चर्चित छन् ? यसको सहज उत्तर हुन्छ खेल तर हामी जानाजान कुहिरोको काग बनिरहेका छौँ । न हामीलाई गोरेटोको मतलब छ न त गन्तव्यको नै । लगभग हाम्रो जस्तै आर्थिक अवस्था रहेको बङ्गलादेशले विश्वकप क्रिकेट आयोजना गरिसक्दा नेपाललाई जाबो एउटा क्रिकेट रङ्गशाला निर्माणमा गर्न के ले रोकेको छ ? नेपाली खेल जगतले प्राप्त गरेका अन्तराष्ट्रिय उपलब्धीहरू राज्यको लगानीको प्रतिफल नभएर खेलाडीको खुन पसिनाको प्रतिफल हो । राज्यलाई कुनै हेक्का छ दिपक अनि वैकुण्ठहरू को ? जवानी र जीवन राष्ट्रका लागि खर्चेका सयौ दिपक अनि बैकुण्ठहरू दुई छाक टार्न बालुवा चाल्दै गरेका र गिट्टी फुटाउँदै गरेका उदाहरणहरु छताछुल्ल भेटिन्छन् । खेल राम्रो बन्न खेलले खेलाडीको आर्थिक भविष्य सुनिश्चित गर्नुपर्दछ । खेलमा बिशेष उपलब्धी प्राप्त गरेर देशको इज्जत प्रतिष्ठालाई अन्तराष्ट्रिय रङ्गमन्चमा स्थापित गर्ने खेलाडीलाई केहि हजार पुरष्कार घोषणा गरेर उनीहरुको जीवन निर्वाह हुन्छ ? फेरि राज्यले वर्षौ अगाढी घोषणा गरिएका मामुली पुरष्कारहरु समेत खेलाडीलाई दिन सक्दैन भने किन खेलकुदको बिकासका लागि यसो गर्छु उसो गर्छु भनेर दुनियालाई हँसाउनु ? गफमा आकासका जुनतारा झारेर खेलकुदको बिकास हुँदैन । खेलकुदको बिकासका लागि वास्तबिक धरातलमा स–साना भएपनि ठोस र उपलब्धिमूलक कामहरु गर्नुपर्छ ।

खेलाडीले खुन पसिना बगाएर प्राप्त गरेको सफलताको क्रेडिट लिन एयरपोर्टमा गएर अबिर दलेर र खादा ओढाएर मात्र केहि हँुदैन । एकदिन रथारोहण गराएर, नगर परिक्रमा गरेर मात्रै खेलाडीको भोक मेटिने हो र ? खेलाडीले राष्ट्रको सान अनि सानका लागि खेल खल्नुपर्ने अनि रोजीरोटीका लागि घर परिवारमा आश्रितभएर पनि कतै खेलको बिकास हुन्छ ? खेलमा ठूला सफलतालाई निरन्तरता दिन राज्यले खेललाई मिसनको रुपमा लिनुपर्दछ । राज्यले खेलमा लगानी गरेको खै ? खेलको बिकासका लागि राज्यसंग दीर्घकालीन योजना खै ? हचुवाको तालमा अनि भाषणवाजीको आधारमा मात्रै खेलकुदको बिकास सम्भव हुने भए त नेपाली खेलकुदको काँयापलट पहिल्यै भैसक्नु पर्ने हैनर ? बिषयको गम्भिरतालाई राज्यले गहनरुपमालिन सक्नुपर्छ । नेपालमा खेल पूर्वाधारको अवस्था कस्तो छ भने, जाबो राष्ट्रिय खेलकुदको आयोजना गर्न समेत राज्य असक्षम बनेको छ । राष्ट्रिय खेलकुद आयोजनाको मिति एक पटक होइन पटक–पटक पर सारिएको छ । हरेक दुई वर्षमा हुनुपर्ने  दक्षिण यसियाली खेलकुदको आयोजना नेपालको पोल्टामा परेको वर्र्षौ भैसक्यो । खै राज्यले अग्रसरता देखाएको ? नयाँनिर्माणको त के कुरा गर्नु , पाप्रा उप्किएको रङ्गशालालाई लिपपोत गर्न नसक्ने राज्यले खेलकुदको बिकासका लागि केहि गर्ला भनेर आस गर्नु व्यर्थ कुरा हो । अन्तराष्ट्रमा राष्ट्रिय लज्जा सर्वाङ्ग भै सक्दा पनि हत्केलाले गुप्ताङ्ग छोप्ने बानी परेको सरकारबाट खेलकुदको बिकास लागि ठोस काम होला भनेर आसा गर्नु बेकार हो ।  नेपालमा खेलिने सबै किसिमका खेलहरु मध्य क्रिकेट सबैभन्दा सम्भावना बोकेको खेल हो । नेपालले निकट भविष्यमा कुनै खेलबाट बिश्वकपमा उपलब्धि हासिल गर्ने चाहना राखेको छ भने त्यो क्रिकेट भन्दा अर्को हुनै सक्दैन । चाहना राखेर अनि कामना गरेर मात्र नेपाली क्रिकेटको बिश्वकप यात्रालाई सफल बनाउन सकिदैन । राज्य प्रतिवद्द नभएसम्म खेलाडीको एक्लो प्रयासले मात्र त्यति ठूलो लक्ष्य प्राप्त गर्न सकिदैन । हालसम्मका परिणामहरुलाई हेर्दा राज्यलाचार, उदास अनि बिबश बनेर किनारा लागेको अवस्था छ भने खेलाडीहरुका खुन, पसिना, मेहनत अनि लगनले सानाठूला उपलब्धीहरु प्राप्त भैरहेका छन् । पूर्वाधारको कुरा गर्ने हो भने क्रिकेटको अवस्था पनि अन्य खेलको भन्दा फरक छैन । किर्तिपुरमा टी यु को खेल मैदान नभएको भए अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता कता हुन्थे कुन्नि ? मुलपानीको हालत मेलम्ची खानेपानीको भन्दा पनि गए गुज्रेको छ । राज्यको खेल क्षेत्रमा रहेको यस्तो निराशाजनक उपस्थितिले अन्तराष्ट्रिय उपलब्धिलाई निरन्तरता दिन सकिन्छ ?

आतङ्कवादको निरन्तर प्रहारबाट थङ्थिलो बनेको आफगानिस्थानले क्रिकेटमा हासिल गरेको उपलब्धिलाई देखेर विश्व नै चकित बनेको छ । नेपालमा पनि खेल प्रतिभाको कुनै कमि छैन तर राज्यको खेल क्षेत्रका प्रतिको उदासिनता काकारण खेलबाट प्रतिभा पलायनको अवस्था सिर्जना भएको छ । खेलाडीलाई खेल क्षेत्रमा टिकाइ राख्न राज्यले अग्रसरता देखाएको खै त ? नेपाल क्रिकेटले आइसीसीबाट ओडीआई मान्यता पाइसक्दा पनि देशमा अन्तराष्ट्रिय स्तरको एउटा पनि क्रिकेट खेल मैदान नहुनु लाजमर्दो अवस्था होइन र ? कामको नाम मा सिन्को पनि नभाँच्ने  हावादारी कुरा गरेर मात्रै देश स्वीजरल्याण्ड अनि सिंगापुर बन्ने हो र भनेको ? लाजमान्नु पर्दैन ? खै लाज सरम ? कुञ्जना–सितारामहरुले व्यक्तिगत प्रयासमा गर्न सक्ने कार्यलाई राज्य किन गर्न सक्दैन ? राज्यसंग आफ्ना सम्पुर्ण स्रोत साधन अनि संयन्त्र परिचालन गरेर पनि एउटा खेल रङ्गशाला बनाउन सक्ने लगायत छैन भने बेतुकका कुरा किन गर्नु ? काम गर्न सकिदैन भने नबोले भैहाल्यो नि । अब जनतालाई चिल्ला पिरा अनि बान्की परेका कुरामा अल्झाएर राख्न सकिन्छ भन्ने दिवा स्वप्न कसैले नदेखे हुन्छ । अनेकार्थक शब्दको अर्थ प्रगेल्ने र बिरोधा भाषी शब्दलाई परिभाषित गर्ने फुर्सद अब जनतासंग छैन । जनतालाई ठोस परिणाम चाहिएको छ । 

 

कमेन्ट लोड गर्नुस