सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

२०८३ वैशाख ७, ०७:५९ खबर संवाददाता

धनगढीः कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ बसपार्कबाट लागूऔषध खैरो हेरोइन ३ सय ७० मिलिग्रामसहित डोटीको शिखर नगरपालिका–२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई आईतबार बिहान इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो।

यसैगरी, लम्कीचुहा नगरपालिका–१ थपालिपुरबाट खैरो हेरोइन १ ग्राम १६० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश शर्मालाई आईतबार दिउँसो इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी, भजनी नगरपालिका–३ कुसुमघाटबाट खैरो हेरोइन ५ सय ४० मिलिग्रामसहित जोशिपुर गाउँपालिका–७ घैला बौनिया बस्ने ३० वर्षीय तेजबहादुर मौनीलाई आईतबार दिउँसो इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस