सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा १९ वर्षपछि खाद्यको कार्यालय उद्घाटन

२०७९ साउन २१, ०३:२३ खबर संवाददाता

दार्चुलाः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयको उद्घाटन गरेका छन्। शनिबार जिल्ला सदरमुकाम खलंगामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आयोजना गरेको कार्यक्रममा मन्त्री बडूले जिल्ला शाखा कार्यालयको उद्घाटन गरेका हुन्।

कम्पनीले दुर्गम जिल्लामा चामल उपलब्ध गराउनुपर्ने र यहाँ उत्पादन गरिने खाद्यवस्तु जिल्ला बाहिर पठाउने व्यवस्था गरिएको मन्त्री बडूले बताए। २०६३ सालमा विस्थापन भएको तत्कालीन खाध्य संस्थानको जिल्ला कार्यालय १९ वर्षपछि पुनःस्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले जनाएको छ। कम्पनीका अनुसार खाध्य कार्यालय जिल्लामा रहने र जिल्लाका १२ ठाउँबाट खाद्यान्न वितरण गरिने छ।

जिल्लाका विभिन्न ठाउँमा खाद्यका डिपो भएपनि धनगढीबाट खाद्यान्न आपूर्ति गर्दै आएको हुनाले जिल्लामै शाखा कार्यालय खोलिएको हुनाले आपूर्तिमा सहज हुने भएको छ।

कमेन्ट लोड गर्नुस