भोटेकोशी बाढीमा सम्पर्कविहीन कैलालीका २३ जना सम्पर्कमा आए, यी हुन् सम्पर्कमा आउनेहरु
धनगढीः रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन रहेका कैलालीका २३ जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ।
उद्धार भई सम्पर्कमा आएका व्यक्तिहरूको नामावलीअनुसार उनीहरू कैलालीका विभिन्न स्थानीय तहका बासिन्दा रहेका छन्। उपलब्ध नामावलीमा २३ जनाको विवरण समावेश छ।
नामावलीअनुसार गौरीगंगा नगरपालिका–४, राजीपुरका १८ जना र चुरे गाउँपालिका–३, थलीका पाँच जना रहेका छन्। उनीहरू सबैको अवस्था सामान्य रहेको विवरणमा उल्लेख छ।
गौरीगंगा–४ राजीपुरका सम्पर्कमा आएका व्यक्तिहरूमा सोनिक ओली, गोविन्द तामाङ, विष्णु साउद, नरेन्द्र साउद, रोहन ओली, प्रदीप बोहरा, विक्रम ढकाल, अविशेष सुनार, रमेश साउद, गोविन्द ओली, सुनिल बुढा मगर, संजय शाही, संगम मगर, सोमबहादुर साहु, मानबहादुर शाही, अनिल चौधरी, सुनिल चौधरी र दिलिप चौधरी रहेका छन्।
त्यस्तै, चुरे गाउँपालिका–३ थलीका पदमबहादुर थामी, जनकबहादुर थामी, आनन्द थामी, गौमा देवी थामी र डुम्रा थामी पनि सम्पर्कमा आएका छन्।
उपलब्ध विवरणअनुसार पहिलो १८ जनाको सम्पर्कमा आएको मिति २०८३ भदौ १२ गते र चुरे–३ का पाँच जनाको २०८३ भदौ १३ गते उल्लेख गरिएको छ।