सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ५ देखि ५० जिल्लाका बालबालिकालाई कोभिड खोप दिइने

२०७९ साउन १९, ०७:३५ खबर संवाददाता

काठमाडौं: आउँदो भदौ ५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ। ५० जिल्लाका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको हो। 

पहिलो चरणमा सरकारले गत असार ९ गतेदेखि २७ जिल्लाका सो उमेर समूहका बालबालिकाका लागि खोप अभियान सञ्चालन गरेको थियो। दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस