सुदूर नेपाललाई विश्वसँग जोड्दै

मकवानपुरमा २८ जनामा डेङ्गु संक्रमण

२०७९ साउन १९, ०६:१५ खबर संवाददाता

काठमाडौं: मकवानपुरमा २८ जनामा डेङ्गु संक्रमण देखिएको छ। साउनको १५ दिनमा २८ जना डेङ्गु रोगको संक्रमणबाट बिरामी भएको बताइएकको छ।

हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएका हुन्। मकवानपुरका १० स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिकामा डेङ्गुका बिरामी बढी रहेको जनाइएको छ। १५ दिनमा उक्त सङ्ख्यामा बिरामी फेला पर्नु ठुलो समस्या भएकाले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस