सुदूरपश्चिममा एकैदिन ३२ जनामा कोरोना पुष्टि
धनगढीः भारतमा कोरोना दर बढेसँगै सीमा जोडिएको सुदूरपश्चिममा पनि धमाधम संक्रमित फेला पर्न थालेका छन्। आज आइतबार मात्रै प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा ४७३ जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको छ। कञ्चनपुरमा २१, कैलालीमा ९ र बैतडीमा २ जनामा संक्रमण देखिएको हो।