अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
धनगढीः अछाममा श्रीमालले श्रीमतीमाथि कुटपिटबाट गर्दा मृत्यु भएको छ। पन्चदेवल बिनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडा बस्ने ४० वर्षीया मान्मा बिकको कुटपिटबाट मृत्यु भएको हो।
उनकै श्रीमान ४८ वर्षीय पहेलु कामीले गएराति कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्ररही कार्यालय अछामले जनाएको छ। प्रहरीले फरार पहेलु कामीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ।