सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा पेटमै बच्चा मरेपछि गर्भवतीको निःशुल्क हवाइ उद्धार

२०७९ साउन ११, ०४:०६ खबर संवाददाता

धनगढीः अछाममा पेटमै बच्चा मरेपछि सुत्केरी हुन नसकेपछि महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ। मङ्गलसेन नगरपालिका–११ जुपु निवासी ३० वर्षीया सीता रावलको जिल्लामा उपचार हुन नसकेपछि उद्धार गरेर सुर्खेत लगिएको हो। 

८ महिनाकी गर्भवती सीताको पेटमै बच्चा मरेको चार दिनपछि उनको उद्धार गरिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट सीतालाई उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए।

कमेन्ट लोड गर्नुस