डोटीमा वनमा बनाएका टहरा हटाउन वन कार्यालयको निर्देशन
२०७९ साउन १०, ०६:५७
डोटी: डोटीको बोगटान फुडसिल गाउँपालिकाको वडा नम्बर १ मा पर्ने राष्ट्रिय वन क्षेत्रमा बनाइएका टहरा हटाउन वन कार्यालयले निर्देशन दिएको छ।
चनुडाँडा सव डिभिजन वन कार्यालयले एक सूचना जारी गर्दै टहरा हटाउन निर्देशन दिएको हो। सूचना गरिएको १५ दिन भित्र टहरा नहटाए स्थानीय सुरक्षा कर्मी लगाई हटाइने कार्यलयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
टहरा हटाउन अटेरी गरे वन ऐन, २०७६ बमोजिम कारवाही गरिने चेतावनी वन कार्यालयले दिएको छ।

कमेन्ट लोड गर्नुस