दीपायलमा रक्तदान कार्यक्रम सम्पन्न
२०७९ साउन ९, ०६:३६
डोटीः डोटीको दीपायलमा हेल्थ असिस्टेन्ट संघ डोटी र प्रशिक्षार्थाी कल्याण समिति दीपायलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रेडक्रसमा रगतको अभाव भएको भन्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। जिल्ला रेडक्रस डोटीमा रगतको अभाव हुँदा अन्य ठाउँ धाउनुपर्ने बाध्यता छ।
रेडक्रस धनगढीको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको र ७५ जनाले रक्तदान गरेको हेल्थ असिस्टेन्ट संघ डोटीका अध्यक्ष कुबेर खड्काले बताए।
कमेन्ट लोड गर्नुस