सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शैक्षिक मेला सुरु

२०७५ फाल्गुन १३, ०१:२७ कमल सावद

धनगढीमा आज देखि शैक्षिक मेला सुरु भएको छ। नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गर्दै आज र भोली चल्ने मेलाको सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहोराले उद्घाटन गरे। विद्यार्थीहरुलाई उच्च शिक्षाका विषयमा जानकारी दिने उद्देश्यले विगत चार वर्षदेखी काठमाडौँमा शैक्षिक मेला आयोजना गर्दै आएको भिजन मिडिया इनकर्पोरेशन र एजुकेशन डटकमले धनगढीमा पनि मेला सञ्चालन गरिएको हो।

मेला धनगढीको होटल जलशामा चलिरहेको छ। मेला उद्घाटन कार्यक्रममा अर्थमन्त्री बोहोरासँगै नेपाली कांग्रेस सुदूरपश्चिमका संसदीय दलका नेता डा. रण बहादुर रावलको पनि सहभागिता रहेको थियो। बिहान १० बजेदेखी साँझ ५ बजे सम्म मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तराष्ट्रिय विश्वविद्यालयसँग आवद्ध क्याम्पसहरुले अध्यापन गराउने कोर्षहरुका बारेमा निःशुल्क परामर्शको व्यवस्था रहेको छ। मेलामा सहभागी भई पराशर्म लिने विद्यार्थीका लागि रिचार्ज कार्डको समेत व्यवस्था गरिएको छ। मेलामा धनगढीसहित विभिन्न क्षेत्रका झण्डै २० क्याम्पसहरुको सहभागिता रहेको कार्यकारी निर्देशक तारामान रावलले बताए। 

धनगढीमा शैक्षिक मेला हुदै, निःशुल्क परामर्श लिन सकिने
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस