कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद
धनगढी: कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको हो।
जिल्लाको भिमदत्त नगरपालिका १० पूर्व पश्चिम राजमार्गमा पर्ने विद्युत कार्याल नजिकबाट भारतबाट भन्सार छली गरी ल्याइएको तेल, बिडी, नमकिन फुर्टी, चकलेट र फेन्टा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।
अन्दाजी ७७ हजार ४१४ बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको प्रहरीले बताएको छ।