सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेहन्दीसहित मेकअपका सामानमा ११ महिनामै झण्डै ३ अर्ब नेपालबाट बाहिरियो 

२०७९ साउन २, ०२:०० खबर संवाददाता

धनगढीः साउन महिनासँगै हरियो तथा पहेँलो चुरारपोते र मेहेन्दीको सिजन सुरु भएको छ। यी विभिन्न शृङ्गार (मेकअप) सामग्री भारत लगायत अन्य मुलुकबाट भित्रिने गर्छ। आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा मात्रै झण्डै ३ अर्बको मेहन्दीसहित मेकअप सामग्री भित्रिएको भन्सार विभागले जनाएको छ। वर्षेनी मेकअप सामानका लागि बाहिरिने रकम बढ्दो छ। 

गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठ मसान्तसम्म २ अर्ब ८९ करोड ९३ लाख ३४ हजार रुपैयाँ बराबरको १९ लाख ३३ हजार ६३ किलो मेहन्दी, सनस्कृन क्रिम लगायत मेकअपका सामग्री भित्रिएको विभागको तथ्यांक छ। आर्थिक वर्ष ०७७/०७८ मा २ अर्ब १३ करोड २० लाख ३ हजारको मेहन्दी, सनस्कृन क्रिम लगायत मेकअप सामग्री आयात भएको थियो।


 

कमेन्ट लोड गर्नुस