सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती नदीमा पानीको बहाव बढ्यो, कटान रोक्न सशस्त्र प्रहरी परिचालन

२०७९ साउन २, ११:२२ खबर संवाददाता

डोटी : लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ। नदीमा आएको बाढीले यहाँका बानीडुग्रीसैन, कालागाढ, रामपुर, घोल्तडा, भागेतडा, गोपघाट, नारीदाङलगायत ठाउँमा जमिन कटान गरिरहेको छ।बाढीले कटान गर्न थालेपछि अहिले रोकथामका लागि डोटीको दिपायलस्थित सशस्त्र प्रहरीको ३६ नम्बर गणको टोली परिचालन गरिएको छ।

गएराति मात्र शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा सेतीले कटान गरेपछि रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीको ३६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक डबलबहादुर ऐडीको नेतृत्वमा ४५ सशस्त्र प्रहरी खटिएको गणपति वीरसिंह साहुले जानकारी दिए। टोलीले ढुङ्गा तथा बालुवाका बोरा राखेर कटान रोक्ने काम गरिरहेको छ। सेतीमा पानीको बहाव बढेपछि सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ। बाढीले विभिन्न स्थानमा धान खेतसमेत कटान गर्न थालेको छ। 

कमेन्ट लोड गर्नुस