सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो सुनको मूल्य

२०७९ साउन १, ११:५३ खबर संवाददाता

काठमाडौंः आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको पछिल्लो मूल्यसूचीअनुसार आज सुन तोलामा दुई सयले घटेको हो।

छापावाल सुनको आजको बजार मूल्य ९३ हजार ६०० प्रतितोला कायम भएको छ। यस्तै तेजाबी सुनको बजार मूल्य ९३ हजार १०० प्रतितोला कायम भएको छ। b महासङ्घका अनुसार आज चाँदीमा भने पहिलेको भन्दा १५ रुपैयाँ वृद्धि भएको छ। आज चाँदी  तोलामा एक हजार १६० रुपैयाँ कायम भएको छ।

कमेन्ट लोड गर्नुस