सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २०० नाघ्यो

२०७९ असार २९, ०४:५६ खबर संवाददाता

काठमाडौंः नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २०० नाघेको छ। पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ। पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

कमेन्ट लोड गर्नुस