सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा गाउँपालिकाद्वारा अनाथ बालबालिकालाई पढाइ खर्च वितरण

२०७९ असार २७, ०७:४३ खबर संवाददाता

धनगढी: बैतडीमा गाउँपालिकाद्वारा अनाथ बालबालिकालाई सहयोग गरिएको छ। 

गाउँपालिकाले बाबुआमा नभएका बालबालिकालाई पढाइ खर्च वितरण गरेको हो। गाउँपालिकाभरिका २० जना अनाथ बालबालिकालाई २० हजारका दरले पढाइ खर्च वितरण गरिएको गाउँपालिकाले जनाएको छ। 

अभिभावकविहीन बालबालिकाको पठनपाठनमा सहयोग मिलोस् भने उनीहरुका संरक्षक बोलाएर पढाइ खर्च वितरण गरिएको हो। आमा–बुवा दुवै नभएका बालबालिकालाई पढाइ खर्च दिने गाउँपालिकाले निर्णय गरेको थियो।

कमेन्ट लोड गर्नुस