सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा जडीबुटी खाँदा एक जनाको मृत्यु, एक जना बिरामी 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असार २६, १०:५१ खबर संवाददाता

अछामः अछाममा जडीबुटी खाँदा एक जनाको मृत्यु भएको छ, भने एक जना बिरामी भएका छन्। 

जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय गणेश खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै गम्भीर बिरामी हुनेमा साँफेबगर नगरपालिका वडा नम्बर ७ का २९ वर्षीय किशोर भाट रहेका छन्। 

आज दिउसो १ बजेतिर कुनै बिरामी नभएका दुवै जनाले हातखुट्टाको दुखाइ सन्चो हुन्छ भनेर सो जडीबुटी खाँदा गम्भीर बिरामी भएपछि उपचारका लागि बयालपाटा अस्पताल ल्याइएको थियो। उपचारका क्रममा मृत्यु भएको परिवार स्रोतले जनाएको छ।

गम्भीर बिरामी भाटको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ। मृतकको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन पठाएको बयालपाटा अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस