सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा पेट्रोलियम पदार्थको माग बढ्दै

२०७९ असार २६, ०५:५५

एजेन्सी: भारतको पेट्रोलियम खपत कोरोना महामारी पूर्वकै अवस्थामा आइपुगेको छ। समाचार संस्था रोयटर्सका अनुसार जुन महिनामा भारतको पेट्रोलियम खपत कोभिड–१९ महामारी अघिकै स्थितिमा पुगेको हो।

भारतमा जुन महिनामा मात्रै अघिल्लो वर्षको तुलनामा पेट्रोलियम पदार्थको खपत १७ प्रतिशतले बढेको छ। भारत विश्वको तेस्रो ठूलो पेट्रोलियम खपतकर्ता हो। धेरै पेट्रोलियम पदार्थ खपत गर्ने देशको सूचीमा भारतभन्दा अघि चीन र अमेरिका मात्रै छन्। कोरोना महामारीको समयमा भारतमा यसको खपत घटेको थियो। तर, जुन महिनादेखि महामारी पूर्वकै अवस्थामा खपत आइपुगेको बताइएको छ।

भारतमा पेट्रोलियम पदार्थको कूल माग १८.६७ मिलियन टन रहेको तेल मन्त्रालयले जानकारी दिएको छ। भारतमा ग्यास र डिजेलको माग सन् २०२१ को सेप्टेम्बरमा सबैभन्दा न्यून बिन्दुमा पुगेको थियो। जसको तुलनामा अहिले १८ प्रतिशतले बढेको बताइएको छ।

यसले विश्वव्यापीरूपमा भइरहेको मूल्यवृद्धिका बाबजुत भारतीय उपभोक्ताको क्रयशक्ति बढ्दै गएको देखिन्छ। यतिबेला विश्वव्यापीरूपमा ऊर्जाको मूल्य बढिरहेको छ। यद्यपी, खाद्यान्न लगायतका वस्तुमा आएको उच्च मूल्यवृद्धिले सोचे अनुरुपको माग भने सृजना भइरहेको छैन। जुन महिनाको पहिलो दुई सातादेखि भारतीमा पेट्रोलियम पदार्थको माग ह्वात्तै बढ्न थालेको थियो। जुन,अहिले पनि जारी रहेको रोयटर्सले उल्लेख गरेको छ। 

कमेन्ट लोड गर्नुस