अछाममा शाही मृत्यु प्रकरणः आरोपित ४ जना पुर्पक्षका लागि कारागार चलान
धनगढी: अछामको पञ्चदेवल विनायक–४ का विनोद शाही मुत्यु प्रकरणमा जिल्ला अदालत अछामले ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। अदालतले हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका पृथ्वी शाही, बिरेन्द्र शाही, महेन्द्र शाही र देवेन्द्र शाहीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।
गत वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा भेटिएका थिए। उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो।
तर, मेयर अम्बिका चलाउनेसहित ३ जनाविरुद्ध मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। प्रहरीले मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको भन्दै अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।