सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीगंगा अपडेटः १ हजार ४ सय मत गन्दा कसको कति ?  

२०७९ असार २४, ०८:४२ खबर संवाददाता

धनगढीः बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म १ हजार ४ सय मतगणना सकिएको बुढीगंगाको निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटर भरतप्रसाद उपाध्यायले जानकारी दिए। उनका अनुसार अहिले वडा नं १ र १० को मतगणना भैरहेको छ। १ हजार ४ सय मतको गणना सकिएकोमा एमालेले मेयरमा ७२२ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ।

कांग्रेस ६०१ मतका साथ दोस्रो स्थानमा छ। यस्तै उपमेयरमा एमालेले ७०८ मत ल्याएको छ भने कांग्रेसले ६२३ मत पाएको छ।
यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्। यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।
 

कमेन्ट लोड गर्नुस