सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीगंगा अपडेटः १ हजार गन्दा ९३ मतले एमाले अगाडि, कसको मत कति ? 

२०७९ असार २४, ०६:५६ खबर संवाददाता

धनगढीः बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म १ हजार मतगणना सकिएको बुढीगंगाको निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटर भरतप्रसाद उपाध्यायले जानकारी दिए। 

उनका अनुसार अहिले वडा नं १ र १० को मतगणना भैरहेको छ। १ हजार मतको गणना सकिएकोमा एमालेले मेयरमा ५२० मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। कांग्रेस ४२७ मतका साथ दोस्रो स्थानमा छ। यस्तै उपमेयरमा एमालेले ५१५ मत ल्याएको छ भने कांग्रेसले ४३५ मत पाएको छ।

यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्। यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।

कमेन्ट लोड गर्नुस