सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्दमा बहुमतले बजेट पास,  काँग्रेसले बोलायो आकस्मिक बैठक 

२०७९ असार २२, ०५:०५ खबर संवाददाता

बैतडी:  बैतडीको दशरथचन्द नगरपालिकाले बहुमतले बजेट पास गरेपछि नेपाली काँग्रेस दशरथचन्द नगरकार्य समितिले आकस्मिक बैठक बोलाएको छ। कांग्रेसबाट निर्वाचित उपप्रमुख लगायत वडा अध्यक्षहरुले सभा बहिष्कार गरेकै समयमा बहुमतले बजेट पारित गरेपछि कांग्रेसले भोलिका लागि बैठक बोलाएको हो। 

विधि प्रक्रिया मिच्दै छलफल बिना बजेट ल्याएको भन्दै दशरथचन्द नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बैठक बहिष्कार गरेकै समयमा नगरसभाका बहुमत सदस्यहरुले बजेट पास गरेका हुन्।  विधि विपरीत बजेट पास गरेकाले आवश्यक रणनीतिका विषयमा छलफल गर्न पार्टीको बैठक बोलाएको नेपाली काँग्रेस दशरथचन्द नगरकार्य समितिका उपसभापति सुरजबहादुर चन्दले जानकारी दिए।

दशरथचन्द नगरपालिकामा प्रमुख सहित एमालेको बहुमत रहेको छ। 
 

कमेन्ट लोड गर्नुस