सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका शाही मृत्यु प्रकरण: मंगलसेनका यी स्थान निषेधित क्षेत्र घोषणा

२०७९ असार २१, १०:११ खबर संवाददाता

अछाम: अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मुत्यु प्रकरणमा दैनिक प्रदर्शन हुन थालेपछि प्रशासनले सदरमुकाम मंगलसेनका विभिन्न क्षेत्रलाई निषेधित घोषणा गरेको छ। सोमबार शाहीको न्यायको लागि मंगलसेन पुगेका आफन्त तथा स्थानीयहरु र प्रहरीबीच झडपको अवस्था सृजना भएपछि विभिन्न स्थानलाई निषेधित घोषणा गरिको हो।

जिल्ला प्रशासन कार्यालय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय , बैरागी धारा बस काउन्टर, मंलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्र भित्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। ती क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्न÷नगराउन आदेश दिइएको छ।  निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारवाही हुने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

शाहीको न्यायको लागि सोमबार ५ दलीय गठबन्धनले गरेको आन्दोलनले उग्र रुप लिँदा १२ सुरक्षाकर्मी तथा धेरै स्थानीय घाइते भएका थिए। 

गत वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा भेटिएका थिए।  उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो। मेयर चलाउनेसहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ परेका छन्। किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन्।

कमेन्ट लोड गर्नुस