बैतडीको एक पसलमा आगलागी, ३ लाख बराबरको क्षति
२०७९ असार २०, ०२:१३
बैतडीः बैतडीमा आगलागी हुँदा ३ लाखको क्षति भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका १ बसन्तपुर हाट बजारमा आइतबार राति पसलमा आगलागी हुँदा ३ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार कमलसिंह ठाकुरको मिठाई पसलबाट खाना बनाउने बेला ग्याँस लिक भएर आगलागी भएको हो। पसलमा लागेको आगो राति प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस